Sep 20 2024 | २०८१, असोज ४ गते

विपद् व्यवस्थापनमा सबै वर्गको अपरिहार्य : गृहमन्त्री श्रेष्ठ

विपद् व्यवस्थापनमा सबै वर्गको अपरिहार्य : गृहमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
  • विपद् व्यवस्थापनमा सबै वर्गको अपरिहार्य : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको  साझा प्रयासको खाँचो रहेको बताएका छन् । 

    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए । विपद् व्यवस्थापनलाई सरकारले विशेष ध्यान दिएको उनले बताए । 

    प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । “सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी हो । त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी छ”, मन्त्री श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट