Sep 20 2024 | २०८१, असोज ४ गते

दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने

दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २६ २०८०
  • दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । 

    images
    images

    दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।

    अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फछ्र्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए। 

    उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट