Sep 20 2024 | २०८१, असोज ४ गते

चिनीको हाहाकार, दशैं लाग्यो तर बजारमा आएन चिनी

चिनीको हाहाकार, दशैं लाग्यो तर बजारमा आएन चिनी

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
  • चिनीको हाहाकार, दशैं लाग्यो तर बजारमा आएन चिनी

    काठमाडौँ । दशैँ लाग्न केही दिन मात्रै बाकी छ, दसैँको मुखमा बजारमा किनमेल गर्नेको घुइँचो छ , खाद्यान्न देखि अन्य सामाग्री खरिदका लागि बजारमा किन्नेको घुइँचो बढेको हो । 

    images
    images

    चार्ड पर्वमा सबैभन्दा बढी खपत हुने दैनिक उपभोग्य वस्तु मध्यको एक चिनी हो, तर बजारमा चिनीको हाहाकार देखिएको छ। प्रायः नेपालीको भान्सामा दैनिक प्रयोगमा आउने चिनी अहिले नजिकैको किराना पसलमा मात्रै नभई सरकारले सुरु गरेको सुपथ मूल्य पसलमा पनि पाइँदैन। सरकारले चाडपर्वको माहौल सुरु भएपछि ५० हजार टन चिनी नेपाल सरकार – भारत सरकार (जीटूजी)मार्फत भारतबाट ल्याउने घोषणा गर्‍यो । त्यहीअनुसार उसले भारतलाई साउन ५ मा पत्रसमेत पठायो । 

    तर त्यसअघि नै भारतले चिनी निर्यातमा बन्देज लगाइसकेको थियो । उखुको अपसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो । 

    भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनीको कालोबजारी सुरु भएको थियो। त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिनी ल्याउन बजेट छुट्टाउन आग्रह गर्दै पत्र पठायो । तर, अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्न समय लगायो । 

    सरकारले चिनी उद्योगीले व्यापारीलाई बेचिसकेको तर उद्योगको गोदाममै भएको चिनी लिएर भए पनि बजारमा बिक्री गर्ने योजना बनाएको छ। उद्योगीले खरिद गरेर लगिसकेको चिनी सरकारले खरिद गरेरै भए पनि बजारमा पठाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अहिले पेप्सी, कोकाकला र केही बिस्कुट उद्योगले खरिद गरेर राखेको करिब १० हजार टन चिनी लिएर भए पनि बजारमा पठाउने गरी छलफल भएको मन्त्रालयको भनाइ छ । 

    दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १०–१० हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया थालेका थिए । यी दुवै कम्पनीले असोज १० गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । 

    साल्ट साल्ट ट्रेडिङसँग करिब ४ सय टन मात्र चिनी रहेको छ तर बजारमा एक महिनामा ३० हजार टन चिनी चाहिन्छ । साल्टले आफूसँग भएको चिनी एक÷दुई केजी उपभोक्तालाई बिक्री गरिरहेको छ । 

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी निर्देशक तथा प्रवक्ता आनन्दराज पोखरेलले उद्योगी व्यापारीहरूसँग भएको चिनी बजारमा फ्लो गराउने प्रयास भइरहेको बताए । उनले भने, “उद्योगीहरूले आन्तरिक सल्लाह गरेर खबर गर्ने भनेका छन् ।” भएका स्टक सुपथ मूल्य पसलबाट बजारमा गएका छन् तर त्यो पर्याप्त नभएको उनी बताउँछन् ।

    उद्योगीहरूले सरकारलाई खबर गरिसकेपछि छलफल भएर बजेट छुट्टाउन समय लागेका कारण ढिला भएको उनले बताए । माग भएजति बजेट अर्थ मन्त्रालयले दिन नसकेको र खरिदको पक्रियामा जान ढिला भएको कारण बजारमा चिनीको अभाव देखिएको उनी बताउँछन् । 

    चीन र अन्य देशबाट आयात गरिएका चिनीको न्यूनतम मूल्य १५० रुपैयाँ पर्न जाने स्थिति हुन्छ । अहिले बजारमा अभाव भएपछि मूल्य फरक फरक भएको उनले बताए । उपत्यका बाहिर भने प्रतिकेजी ११०/११५ रुपैयाँमा चिनी उपलब्ध हुने उनको दाबी छ ।

    त्यसो त स्वदेशी उद्योगीहरूले भदौ नलाग्दै आफूहरूसँग चिनीको स्टक सकिएको हुँदा वैकल्पिक व्यवस्था गर्न भनेका थिए । तर सरकारले त्यति बेला चासो नदिएको नेपाल सुगर मिल्स एसोसिएसनका राजकुमार अग्रवाल बताउँछन् । उनका अनुसार नेपालमा उत्पादित चिनीले ८ महिना धान्छ । 

    “उखु उत्पादन बढ्यो भने १२ महिना धान्ने चिनी नेपालमै उत्पादन गर्न सकिन्छ । तर, सरकारले किसानलाई दिने भनेको सफ्सिटी अहिलेसम्म दिएको छैन । वार्षिक ५ करोड राजस्व बुझाउने चिनी फ्याक्ट्रीहरूको कुरा पनि सुनेको छैन,”। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट