Sep 20 2024 | २०८१, असोज ४ गते

इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि अपिल

इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि अपिल

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
  • इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि अपिल

    काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि अपिल गरेको छ ।

    images
    images

    क्रान्तिकारी युवा संगठन, नेपालका सुदूरपश्चि प्रदेश संयोजक दीपेन्द्रसिंह ऐरीले वक्तव्य जारी गर्दै विपिन जोसलाई अविलम्ब नेपाल फर्काउनका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् ।

    इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा कञ्चनपुरका विपिन सम्पर्कविहीन भएका छन् । उनीसँगैका विद्यार्थीहरूलाई भने सरकारले उद्धार गरेर नेपाल ल्याइसकेको छ ।

    उनका साथीहरूले हमासले गिरफ्तार गरेको बताए पनि उनको बारेमा वास्तविकता अझै खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट