Sep 20 2024 | २०८१, असोज ४ गते

जसपाद्वारा जिल्ला समिति पुनर्गठन

जसपाद्वारा जिल्ला समिति पुनर्गठन

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  • जसपाद्वारा जिल्ला समिति पुनर्गठन

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच  जिल्ला  समिति पुनर्गठन गरेको छ । 

    images
    images

    भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति आज पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङमा इमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति रुपान्तरण गरिएको छ ।  

    पुनर्गठित जिल्ला समिति २१ सदस्यीय रहेको सो पार्टीले जनाएको छ । आजै इलाम जिल्ला समिति पनि पुनर्गठन भएको छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट