Sep 20 2024 | २०८१, असोज ४ गते

कोशीका मुख्यमन्त्री अध्यक्ष ओली भेट्न पुगे बालकोट

कोशीका मुख्यमन्त्री अध्यक्ष ओली भेट्न पुगे बालकोट

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  • कोशीका मुख्यमन्त्री अध्यक्ष ओली भेट्न पुगे बालकोट

    काठमाडौँ । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाडौं आएका कार्की शनिबार साँझ बालकोट पुगेका हुन् ।

    images
    images

    विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।  ‘दुई नेतालाई भेटेपछि उहाँ हाम्रो अध्यक्षलाई भेट्न शनिबार साँझ बालकोट आउनुभएको थियो,’ ओली निकट स्रोतले भन्यो, ‘अध्यक्षले मुख्यमन्त्री भएकोमा बधाई दिनुभयो । कोशीको परिवर्तित चाहनाअनुसार अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।’ कार्की राजनीतिक विश्लेषक एवं डा.शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए । 

    मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आएर भेट गरेका कार्कीले सरकार गठन कसरी गर्ने भन्ने विषयमा तिनै नेतासँग परामर्श गरेको नेताहरूले बताए । कोशीमा एमालेका सबै र कांग्रेसका विद्रोही ८ नेताको हस्ताक्षरमा मुख्यमन्त्री बने पनि सरकार गठन कसरी गर्ने भन्ने अन्योल अझै हटिसकेको छैन । तत्काल एमाले र कांग्रेस शेखर पक्षबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी कार्कीले गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट