Sep 20 2024 | २०८१, असोज ४ गते

नवनियुक्त मुख्यमन्त्री कार्कीले भने - कोशीमा राजनीतिक संकट हट्यो

नवनियुक्त मुख्यमन्त्री कार्कीले भने - कोशीमा राजनीतिक संकट हट्यो

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  • नवनियुक्त मुख्यमन्त्री कार्कीले भने - कोशीमा राजनीतिक संकट हट्यो

    कोशी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरेका छन् । ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, उनले भने ।

    images
    images

    मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने बताए। उनले सहमतिको सरकारका लागि ढोका खुला रहेको समेत बताए। उनले भने, 'यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेका थिए। सहमतिको सरकार लागि ढोला खुला छ।'

    मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका सामाजिक,सांस्कृतिकलगायत विभिन्न विषयमा वार्ता,छलफल र सहमतिका आधारमा टुंगो लगाउने बताए। उनले प्रदेशको समृद्धिका लागि हातेमालो गर्दै अगाडि जाने बताए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकास पनि सरकारको प्राथमिताका रहने बताए।

    मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।  कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका हुन् ।  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

    कार्की कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट