Sep 20 2024 | २०८१, असोज ४ गते

देउवाले बोलाए कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई

देउवाले बोलाए कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
  • देउवाले बोलाए कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  उपसभापति र महामन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् ।

    images
    images

    कोशीका विषयमा छलफल गर्न ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा।शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

    कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् । कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

    कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट