Sep 08 2024 | २०८१, भदौ २३ गते

इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी, विपिनको खोजीकार्य जारी

इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी, विपिनको खोजीकार्य जारी

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
  • इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी, विपिनको खोजीकार्य जारी

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिटै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।

    images
    images

    अन्य पाँचवटा शवको जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उनले बताए। मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी  दिए। उनले पीडाका बेला एक हुन्छौं भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद,राजनीतिक दलहरु,नागरिक समाज लगायत सबै प्रति आभार प्रकट गरे।

    सरकारले इजरायलमा फसेका २५४ जना नेपालीको उद्दार गरिसकेको छ। स्वदेश फर्कन चाहने अन्य नेपालीहरूको उद्दारका लागि पनि सरकारले पहल गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार