एमाले छाडेर अर्को पार्टीमा लागेपछि मौलापुरकी मेयरको पद रिक्त
एमाले छाडेर अर्को पार्टीमा लागेपछि मौलापुरकी मेयरको पद रिक्त
रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ । निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो ।
एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गरेकी छन् । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गरेका दल हो ।