Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण

प्रधानमन्त्रीद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • प्रधानमन्त्रीद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका र गत साउनमा बाढीले क्षति पुर्‍याएको कागबेनी क्षेत्रको हवाई निरीक्षण गरेका छन् । साथै उनले हेलिकोप्टरबाट मुक्तिनाथ मन्दिरको पनि अवलोकन गरेका छन्।

    images
    images

    नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान मुस्ताङ आएका प्रधानमन्त्री प्रचण्डले कोरला नाका, गत साउनमा बाढीले क्षति पुर्‍याएको कागबेनी क्षेत्र लगायतको हवाई निरीक्षण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

    जोमसोममा प्रधानमन्त्री प्रचण्डसमक्ष स्थानीयवासीले काली गण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या लगायतका समस्याहरु समाधान गरिदिन माग गरेका छन् ।

    प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत पनि मुस्ताङ आएका छन् ।

    अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट