Nov 25 2024 | २०८१, मंसिर १० गते

images

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री  श्रेष्ठलाई हृदयघात

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री  श्रेष्ठलाई हृदयघात

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री  श्रेष्ठलाई हृदयघात

    काठमाडौँ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

    images
    images
    images

    अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ। ‘माइल्ड हर्टअट्याक भनिएको छ । समयमै  अस्पताल पुर्‍याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’  

    अर्का स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भएको थियो। छाती दुख्यो भनेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई राति अस्पताल लगिएको थियो।   अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको थियो। अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार