Sep 08 2024 | २०८१, भदौ २३ गते

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ४ लाख पुग्यो

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ४ लाख पुग्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ४ लाख पुग्यो

    काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ। काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक ५५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेका छन्।

    images
    images

    घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापना देखि आजको बुधवार साँझसम्म  ३ लाख ६० हजार भन्दा बढिले उपत्यका छाडेका छन् ।

    ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वमा यातायात सहजताका लागि काठमाडौँ उपत्यकाभित्र एक हजार ८०० जना ट्राफिक प्रहरी परिचालन गरिएको प्रवक्ता भट्टले बताए।

    “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, अहिले हामीले नयाँ बसपार्कबाट बस छुट्ने समय समेत अन्य समयभन्दा अगाडि सारेका छौँ,” मल्लले भने। सरकारले दशैंमा यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रूट परमिट समेत खुला गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट