Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

दशैँ मनाउन उपत्यकाबाट गाउँ घर फर्कनेको  घुइँचो

दशैँ मनाउन उपत्यकाबाट गाउँ घर फर्कनेको  घुइँचो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • दशैँ मनाउन उपत्यकाबाट गाउँ घर फर्कनेको  घुइँचो

    काठमाडौँ । काठमाडौँ उपत्यकाबाट गाउँ घर फर्कनेको भिड बढेको छ । हिजोअस्तिको तुलनामा आज घर फर्कनेको भिड झन् धेरै छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

    images
    images
    images

    आज शुक्रवार भएको र भोलि शनिवारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् । पछिल्ला दुई तीन दिन यता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाण्डौँ छाडेको तथ्याङ्क छ । घर जानेहरूको सङ्ख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट