Sep 08 2024 | २०८१, भदौ २३ गते

उपप्रधानमन्त्री श्रेष्ठलाको स्वास्थ्यमा सुधार, आइसियूबाट सारियो जनरल वार्डमा

उपप्रधानमन्त्री श्रेष्ठलाको स्वास्थ्यमा सुधार, आइसियूबाट सारियो जनरल वार्डमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • उपप्रधानमन्त्री श्रेष्ठलाको स्वास्थ्यमा सुधार, आइसियूबाट सारियो जनरल वार्डमा

    काठमाडौँ । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ।

    images
    images

    स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।  

    ‘छोटो भिडिओ कुराकानीको क्रममा उहाँ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ,’ गौतमले भने।

    बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो। श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फार्क्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखा' मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  'स्टेन्ट' राखिएको समेत राखिएको थियो।

    तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट