Sep 08 2024 | २०८१, भदौ २३ गते

आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ ।

    काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ । यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट