सुनको मूल्यले रच्यो नयाँ रेकर्ड
सुनको मूल्यले रच्यो नयाँ रेकर्ड
काठमाडौं । दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो।
आजका लागि सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो।
बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।