प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका छोरा हुन् ।
उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउनुका साथै त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन् ।
सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेका थिए ।