धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत अवस्थामा फेला
धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत अवस्थामा फेला
काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । बिहान ६ः४५ बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालले बताए ।
उनी गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए । उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ ।
श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।