Sep 20 2024 | २०८१, असोज ४ गते

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
  • वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ । दसैँको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो । 

    images
    images

    शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम बुद्धिजीविको भेलाले एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो । 

    कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वाम आन्दोलनको चर्चा, समीक्षा र पुनः वाम एकताको सम्भावना र आवश्यकताबारे गहन छलफल भएको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले बताए । 

    सो अवसरमा वाम बुद्धिजीवि शेषमणि आचार्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले वाम एकता अहिलेको आवश्यकता रहेको औंल्याए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट