Sep 20 2024 | २०८१, असोज ४ गते

हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं : रवि लामिछाने

हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं : रवि लामिछाने

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक ११ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक ११ २०८०
  • हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सबै पेसा व्यवसाय छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगेको बताएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूहरु अहिले दैनिक सयौं जनताको सेवामा समर्पित भइरहेको बताएका हुन् ।

    images
    images

    ‘हामी आफ्नो पेसा व्यवसाय सबै छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आएका छौं । अहिले पनि प्रत्येक दिन आपत परेका, विपत परेका, समस्यामा परेका नागरिकहरु हाम्रो पार्टी कार्यालयमा, हाम्रा नेताहरुलाई, हाम्रा सांसदहरुलाई सम्पर्क गरिरहेका छन् । दिनमा सबै सांसदहरुले गरेर हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं,’– उनले भने ।

    आफूहरु जनताको पक्षमा काम गरिरहेको र जनताको समस्या सुनेर समस्या समाधान गरिरहेको उनले दाबी गरे । अहिले पनि विदेशमा अलपत्र परेकादेखिसरकारी जग्गा हडपेको विषयमा पार्टी कार्यालयमा र रास्वपाका नेताहरुलाई गुनासो आइरहेको उनले बताए ।

    ठूला–ठूला काण्डदेखि साना–साना काण्डमा खबरदारी गर्नका लागि जनताले रास्वपालाई विश्वास गरेको उनको दाबी छ । जनताको आशा, भरोसालाई आफूले तोड्न नदिने पनि उनले उक्त कार्यक्रममा प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट