images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने

एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १२ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १२ २०८०
  • एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने

    काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने भएका छन्।

    images
    images
    images

    गए राती काठमाडौँ आएका महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको रात्री भोजमा थाप नजाने भएका हुन्। 

    ‘संक्रमणकालिन न्यायका लागि यो सरकार गम्भिर छैन, उसैको निम्तोमा नेपाल आएको छ, त्यसमाथी हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका छन्, राष्ट्रसंघ भनेको त ग्लोबल गर्भमेन्ट पनि हो, त्यसको नेतृत्वमा रहेको प्रमुख ब्यक्ति त्यताको मुद्दा छाडेर नेपाल आउनुको कुनै औचित्य देख्दिन्,’ थापाले भने,‘त्यसैले प्रयोजन बिहिन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रीभोजमा नजाने निर्णय लिएको छु ।’ उनका अनुसार महत्वपुर्ण मुद्दा छाडेर राष्ट्रसंघका प्रमुख यसरी कुनै उपलब्धी हुन नसक्ने र औचित्यहिन भ्रमणमा आउनुले उनी विश्व शान्तिप्रति संवेदनशिल नदेखिएको सन्देश गएको छ। महासचिव गुटेरेसको सम्मान प्रधानमन्त्री प्रचण्डले आज बेलुकी सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार