Sep 20 2024 | २०८१, असोज ४ गते

सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड

सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १२ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १२ २०८०
  • सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड

    बारा । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताए। 

    images
    images

    सङ्घीयता लागु भएसँगै तीनै तहका सरकारले विकासका आयाम बढाएको उल्लेख गर्दै उपाध्यक्ष सोनलले विकास निर्माणका कामले गति लिएको दाबी गरे । उनले भने, “गाउँदेखि जिल्ला सदरमुकामसम्म जोड्ने पक्की बाटो निर्माण भएको छ । पुलपुलेसा, कलभर्ट, अस्पताल, विद्यालय, मठमन्दिर निर्माण भएका छन् । ठाउँठाउँमा सार्वजनिक शौचालय निर्माण भएका छन् ।”

    आमजनता सामु राज्यद्वारा प्रदान गरिने सेवा पुर्‍याउनुपर्नेमा जोड दिँदै नेता सोनलले बेथितिलाई न्यूनीकरण गर्ने काममा तीनै तहका सरकार लाग्नुपर्ने बताए । “सङ्घीयता नचाहने केही शक्ति सलबलाइ रहेका छन् । त्यस शक्तिलाई परास्त गर्नका लागि सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ ।” उनले भने । 

    मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सोनलले तराई–मधेसका जनताको मुक्ति गर्ने एक मात्र मधेसी पार्टी लोसपा भएको दाबी गर्दै लोसपा पार्टीले नै मधेसमा आमूल परिवर्तन गरेर ‘समृद्ध मधेस, सुखी मधेसी’को नारा सार्थक बनाउने विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट