Sep 08 2024 | २०८१, भदौ २३ गते

रिगलको मुद्दा  विरुद्धको रिट न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा

रिगलको मुद्दा  विरुद्धको रिट न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
  • रिगलको मुद्दा  विरुद्धको रिट न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा

    काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।  

    images
    images

    २०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।  

    बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।  

    जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् । रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाएकी थिइन् । उक्त मुद्दामा अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा खाजा समय अगाडि सुनुवाइ भए पनि खाजा समयपछि भने प्रधानन्यायाधीश श्रेष्ठले रिक्युजलको घोषणा गरेका थिए । त्यसभन्दा अगाडि पनि आफूहरूले यस्तै प्रकृतिको मुद्दामा फैसला गरिसकेको कारण राष्ट्रपतिबाट भएको बाँकी कैद कट्टाको मुद्दा हेर्न मिल्ने कि नमिल्ने भन्दै महान्यायाधिवक्ता र पक्षका वकिलसँग कुराकानी गरेका थिए । 

    त्यसलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले उक्त मुद्दामा रिक्युजलको घोषणा गरेका थिए । लगत्तै अन्य न्यायाधीशहरुले पनि रिक्युजलको घोषणा गरेपछि अब रिगलविरुद्धको मुद्दा उनीहरूबाहेकको इजलासमा पेस गर्न भनिएको थियो । इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुनेछ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट