Sep 28 2024 | २०८१, असोज १२ गते

मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
  • मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो ।

    मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए । 

    नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार