Sep 28 2024 | २०८१, असोज १२ गते

नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
  • नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

    काठमाडौँ । आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा ग-यो । नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दैै अर्धशतकीय पारी खेले । उनले ३४ मा  सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए । 

    मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् ।

    उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ /१३ रन बनाए । 

    नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक/एक विकेट लिए । नेपाल प्रतियोगिताको समूह एमा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार