Sep 20 2024 | २०८१, असोज ४ गते

एमालेको प्रश्न : संसदको अधिवेशन सात महिना चल्यो, नतिजा दिन सकेन यसको जिम्मा कसले लिने ?

एमालेको प्रश्न : संसदको अधिवेशन सात महिना चल्यो, नतिजा दिन सकेन यसको जिम्मा कसले लिने ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • एमालेको प्रश्न : संसदको अधिवेशन सात महिना चल्यो, नतिजा दिन सकेन यसको जिम्मा कसले लिने ?

    काठमाडौँ । नेकपा एमालेले सात महिनाको अवधिमा संसदले एउटा कानुन बनाउन बाहेक केही नगरेको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।  बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले सात महिनाको अवधिमा नतिजा दिन नसकेको भन्दै यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरे ।

    images
    images

    ‘यो अधिवेशनको सात महिना सदन चल्यो तर नतिजा के भयो ? नतिजा एउटा अनुचित लेनदेनसम्बन्धी ऐन संशोधन गर्नेबाहेक अरु कुनै कानुन निर्माणको काम अगाडी बढ्न सकेन’, पौडेलले भने, ‘जे अपेक्षित कानुनहरू थिए सदनमा आउनुपर्ने ती कानुनहरू पनि आउन सकेनन् । जे आएका छन् तिनीहरूमा पनि अनेक प्रकारका समस्या हुँदा अघि बढ्न नसक्ने अवस्था भयो ।’

    पौडेलले सरकारले संविधानले निर्देश गरेका कानुनहरू निर्माण र संशोधन गरेर जनतालाई संविधानको प्रभावकारी कार्यान्वयन नगरेको भन्ने यही व्यवहारबाट प्रस्ट हुने बताए । ‘सरकारले सांसदहरूको भूमिकामाथि नै उपेक्षा गर्‍यो यो मेरो आरोप छ’, पौडेलले भने, ‘ सांसदहरूले निरन्तर भ्रष्टाचार नियन्त्रण, सुशासन, शान्ति सुरक्षालगायत जनसरोकार रूपमा आवाज उठाए तर ती कुनै पनि आवाजलाई सुन्ने र सच्चाई गर्ने कदम चालेन ।’

    नेता पौडेलले नेपाल तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाल चिनिएको भन्दै यसका पछाडि सरकारका कामकारबाही नै जिम्मेवार रहेको बताए । दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकार अपराधीलाई दण्डित गर्न तयार नभएको पौडेलको भनाइ छ । उनले तस्करी भएको सुनलाई समेत सरकारले राज्य कोषमा दाखिला गर्न नसकेको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट