Sep 08 2024 | २०८१, भदौ २३ गते

राष्ट्रपतिसँग कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री वाङको शिष्टाचार भेट

राष्ट्रपतिसँग कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री वाङको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • राष्ट्रपतिसँग कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री वाङको शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

    images
    images

    त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट