Sep 08 2024 | २०८१, भदौ २३ गते

सर्वोच्चको परमादेश लगत्तै पक्राउ परे रिगल

सर्वोच्चको परमादेश लगत्तै पक्राउ परे रिगल

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • सर्वोच्चको परमादेश लगत्तै पक्राउ परे रिगल

    काठमाडौँ । सर्वोच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।

    images
    images

    संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन् ।

    बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

    रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट