Sep 08 2024 | २०८१, भदौ २३ गते

 सीप कार्यक्रममा सूचीकृत हुन काठमाडौँ महानगरपालिकाकाे आग्रह

 सीप कार्यक्रममा सूचीकृत हुन काठमाडौँ महानगरपालिकाकाे आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  •  सीप कार्यक्रममा सूचीकृत हुन काठमाडौँ महानगरपालिकाकाे आग्रह

    काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ । 

    images
    images

    उक्त कार्यक्रम कामपाले आफ्नो कार्यक्षेत्रमा रहेका ५६ माविमा गत वैशाख १२ गतेदेखि सुरु गरेको थियो । माध्यमिक तह  कक्षा ९ र १० मा शिक्षामा सीप सञ्चालन हुने सामुदायिक विद्यालयका लागि प्रशिक्षक सूचीकृत हुन आग्रह गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । हाल कामपामा २९ वटा सामुदायिक विद्यालय छन् ।  

    उनका अनुसार पाठ्यपुस्तकबाट प्राप्त सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक, व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो ।

    यस कार्यक्रमका लागि १०  विषय राखिएको छ ।  कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषयहरु हुन् ।    

    दश विधामध्ये मूर्तिकला विधा तालिमका लागि कामपा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भइसकेकाले बाँकी नौ विधाका लागि मात्रै सूचीकृत गर्न पाइनेछ ।  

    दश क्षेत्रमा तालिम कक्षा सञ्चालन गरिरहेको व्यक्ति तथा संस्था सूचीकृत हुनयोग्य हुनेछन् । सूचीकृत सेवा प्रदायक संस्थाको अनुभवलाई ४० अङ्कमा, जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण तालिमलाई ४० अङ्कमा, प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिविद्वतालाई १० अङ्कमा र आर्थिक तथा प्राविधिक क्षमतालाई १० अङ्कमा मूल्याङ्कन गरेर प्रशिक्षक छनोट गरिनेछ । 

    जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण सूचकमा, तालिम संयोजकको शैक्षिक योग्यता स्नातकोत्तर भए पाँच अङ्क र स्नातक भए तीन अङ्क दिइनेछ । तालिम संयोजन गरेको अनुभवलाई प्रतिवर्ष एक अङ्क र बढीमा पाँच अङ्क दिइनेछ । ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्चर (टिआइटिआई) वा मान्यता प्राप्त संस्थाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त योग्यतालाई पाँच अङ्क दिइनेछ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट