Sep 08 2024 | २०८१, भदौ २३ गते

तीन देशको भ्रमणमा जाँदै राष्ट्रपति

तीन देशको भ्रमणमा जाँदै राष्ट्रपति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  • तीन देशको भ्रमणमा जाँदै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन् । सरकारका प्रवक्ता रेखा शर्माकाअनुसार उनी फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका हुन् ।

    images
    images

    उनको भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरिसकेको छ । राष्ट्रपति सुरूमा फ्रान्सको राजधानी पेरिस जानेछन् । त्यहाँ उनी पेरिस पिस फोरममा सहभागी हुनेछन् ।

    त्यसलगत्तै उनी जर्मनी र इटालीको भ्रमणका लागि निस्कनेछन् । राष्ट्रपति कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट