Sep 08 2024 | २०८१, भदौ २३ गते

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री दाहाल आफैं प्रभावित क्षेत्रमा

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री दाहाल आफैं प्रभावित क्षेत्रमा

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
  • भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री दाहाल आफैं प्रभावित क्षेत्रमा

    काठमाडौं । भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं प्रभावित क्षेत्रमा गएका छन् । नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    images
    images

    खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा गएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपीलसमेत गरेका छन्।

    साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट