अपडेट : जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो,अझै बढ्न सक्ने
अपडेट : जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो,अझै बढ्न सक्ने
काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।