Sep 08 2024 | २०८१, भदौ २३ गते

रुकुमपश्चिममा भुकम्पमा परि मृत्यु भएकामध्ये २७ जनाको सनाखत

रुकुमपश्चिममा भुकम्पमा परि मृत्यु भएकामध्ये २७ जनाको सनाखत

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
  • रुकुमपश्चिममा भुकम्पमा परि मृत्यु भएकामध्ये २७ जनाको सनाखत

    काठमाडौँ । भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बालबालिकाहरु धेरै छन् ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ११ गैरीकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ ।

    यसैगरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ । यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका २ परियार टोल बस्ने महाबिर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ ।

    यसैगरी सानीभेरी गाउँपालिका ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ । सानीभेरी गाउँपालिकामा २८ र आठबिसकोटमा २५ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट