images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर

भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक १८ २०८०
  • भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर

    नेपालगञ्ज । भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ ।  

    images
    images
    images

    अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउनेक्रम जारी रहेको श्रेष्ठले बताए । यसैबीच जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाले थप खोज तथा उद्धार, उपचार, राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको अस्पतालका लागि सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

    यसका साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णयसमेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरुप रु चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झुललगायत एक सय जना परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टिम परिचालन गरिने बताए । 

    कोहलपुर नगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरुप रु दुई लाख, राप्ती सोनारी गाउँपालिकाकोतर्फबाट रु एक लाख बराबरको औषधि सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाकोतर्फवाट रु तीन लाख बराबरको औषधि सहयोग गनेसमेत निर्णय भएको ज्ञवालीले जानकारी दिए । 

    नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुम पश्चिममा छ सय थान कम्मल, त्रिपाल र पिफर्म उपलब्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेकोतर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलब्ध गराइने । केमिकल एण्ड मेडिकल एशोसियसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराउने निर्णय गरेको भएको छ ।

    नेपालगञ्ज ग्रीनसिटीकातर्फबाट २५ बोरा चामल, चिउरा दुई सय केजी, ४० पेटी चाउचाउ र बाँके युनेस्को क्लबबाट भेरी अस्पतालका घाइते बिरामीका लागि अञ्जली माता रसोइमार्फत ८० जनालाई निःशुल्करुपमा खाना सहयोग गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट