images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

भूकम्प पीडितलाई सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब

भूकम्प पीडितलाई सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • भूकम्प पीडितलाई सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पु-याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । 

    उनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् । हिजो बागलुङमा उनले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उनले जानकारी दिएका हुन् ।  

    बागलुङ क्षेन नम्बर १ ९२० बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरुको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहातको व्यवस्था गर्न माग पनि गरे । उनले सो प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार