Sep 28 2024 | २०८१, असोज १२ गते

उपाधिका लागि नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

उपाधिका लागि नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • उपाधिका लागि नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । नेपालका लागि गुल्शन झा र कप्तान रोहितकुमार पौडेलले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । 

    images
    images

    गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिए । उनले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रन बनाए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । 

    नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।

    त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।

    यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी  अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे । 

    त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै  जिसन मक्सुदले  एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । अहिले ओमान जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार