Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेस महासमिति बैठक सर्‍यो, मंसिर २९ देखि पुस २ गतेसम्म बस्ने

कांग्रेस महासमिति बैठक सर्‍यो, मंसिर २९ देखि पुस २ गतेसम्म बस्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • कांग्रेस महासमिति बैठक सर्‍यो, मंसिर २९ देखि पुस २ गतेसम्म बस्ने

    काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २९ गतेदेखि सुरु हुने भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बेठकले महासमिति बैठक मंसिर २९ गतेदेखि पुस २ गतेसम्म बस्ने निर्णय गरेको हो ।

    images
    images

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारी नपुगेका कारण महासमिति बैठक सारिएको बताए । यसअघि कांग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट