Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

    काठमाडौँ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

    images
    images

    पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उनको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट