Sep 08 2024 | २०८१, भदौ २३ गते

जाजरकोट भूकम्प :  आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

जाजरकोट भूकम्प :  आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • जाजरकोट भूकम्प :  आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

    रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ  । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

    images
    images

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

    पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला  बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट