images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

भुकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

भुकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • भुकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    काठमाडौँ । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ । परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भुकम्पमा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    images
    images
    images

    यस दुखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेको छ । 

    भुकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध समेत गरेको छ ।
       

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार