Sep 17 2024 | २०८१, असोज १ गते

नेपाल-अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

नेपाल-अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • नेपाल-अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

    काठमाडौँ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा फलदायी भएको छ ।

    images
    images

    नेपालमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गरेर गत सोमबार बिहान डिसी आइपुगेका मन्त्री साउदले सोही दिन अमेरिकाको विदेश मन्त्रालयमा आफ्ना समकक्षी ब्लिङ्केनसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।  

    उक्त छलफलमा नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण साझेदार रहेको अमेरिकाले विगत ७६ वर्षदेखि नागरिकस्तरको सम्बन्धसमेत मजबुत बनाउँदै आएको मित्रराष्ट्र अमेरिकाको प्रयासको मन्त्री साउदले प्रशंसा गरेका थिए। आफ्नो सम्बोधनका क्रममा पनि मन्त्री साउदले दूरीका हिसाबले दुई देश टाढा रहेपनि पारस्परिक सहयोगमा भने अमेरिका नेपालको एक महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गरेका थिए । 

    अमेरिकाले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा झण्डै आठ दशकदेखि पु-याउँदै आएको सहयोग महत्वपूर्ण रहेको छ । सन् १९५१ मा काठमाडौँमा १० हजारलाई टेलिफोन विस्तारको सहयोग गरेर अमेरिकी सहयोग नियोगमार्फत पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकाले मलेरिया उन्मुलनदेखि कृषि विश्वविद्यालयको सुदृढीकरण हुँदै हजारौँ पिस्कोर स्वयंसेवकलाई नेपालको शिक्षा, स्वास्थ्य खानेपानीलगायतका क्षेत्रमा गर्दै आएको सहयोग सामाजिक आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण बन्दै आएको छ । 

    कूटनीतिक सफलता

    अमेरिका नेपालको मुख्य विकास साझेदार मात्र होइन एक्काइसौँ शताब्दीको द्रुतगतिमा भइरहेको सूचना प्रविधि र नवीनतम् उत्पादनमा नेपाललाई पनि हातेमालो गरेर अगाडि बढ्ने रणनीतिका साथ काम गर्दै  आएको एक असल मित्रराष्ट्र पनि हो ।

    विगत एक वर्षमा हेर्ने हो भने अमेरिकी र नेपालका अधिकारीहरुको भ्रमण आदानप्रदानको शृङ्खला देखिन्छ । हरेक महिनाजस्तो अमेरिकामा नेपालका सरकारी अधिकारी, सांसदहरुको समूह र कूटनीतिक भ्रमणको आदानप्रदान र सहकार्य जारी रहेको छ । विगत एक वर्षमा मात्र पनि युएसएआइडिकी प्रमुख प्रशासक समान्था पावर, सहायक विदेशमन्त्री डोनाल्ड लु लगायतका अधिकारीहरुले नेपालको भ्रमण गरिसकेका छन् ।
     
    यता डिसीस्थित नेपाली दूतावासले पनि आफ्नो सक्रियतालाई बढाएर अमेरिकाको संसदमा कङ्ग्रेस गठन भइसकेको छ । अमेरिकी सिनेटरको भ्रमणलगायतका विषयले नेपाल र अमेरिकाबीचको कूटनीतिक सक्रियताले तीव्रता पाएको छ । ह्वाइट हाउसले आयोजना गर्दै आएको र दोस्रो पटक आयोजना भएको डेमोक्रेसी समिटमा यसै वर्ष नेपालको सहभागिताले नेपालको संविधानप्रदत्त प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, पारदर्शीता, सुशासनका विषयमा अगाडि बढिरहेको सन्देश दिन सफल भएको छ ।
     
    यस पटकको परराष्ट्र मन्त्रीस्तरीय भ्रमणले नेपालले आफूले हासिल गरेका प्रजातान्त्रिक अभ्यास, मानव अधिकार, स्वतन्त्र प्रेसलगायतका विषयमा आफ्ना समकक्षीसँग स्पष्ट धारणा राख्ने अवसर पाएको र यसबाट नेपालको कूटनीतिक उचाइ बढाउने एक महत्वपूर्ण अवसर पनि प्राप्त भएको छ । 

    यसपटकको भ्रमणमा मन्त्री साउदले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरुको कार्यान्वयनमा जोड दिएको पनि बताएका छन् । मन्त्री साउदले नेपालले कार्यान्वयनमा लगेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को सहयोगलाई समयमा सम्पन्न गरेर दोस्रो एमसिसीका लागि पनि ढोका खुल्नसक्ने सम्भावना यस भ्रमणमा औँल्याएका छन् ।  

    व्यस्त भ्रमण तालिका

    अमेरिकी विदेश ब्लिङ्केनसँग गएको सोमबार विदेश मन्त्रालयमा भएको भेटघाटबाट सुरु भएको मन्त्री साउदले क्याविनेट मन्त्री सरहको पदमा रहेकी युएसएआइडिकी प्रमुख प्रशासक समान्था पावर, अमेरिकी सिनेटको वैदेशिक मामिलाका सदस्य सिनेटर क्रिश भ्यान होलेन, एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्व्राइटलगायत एजेन्सीका प्रभावशाली व्यक्तिसँगको भेटघाटमा व्यस्त रहे । वास्तवमा नेपालको सामाजिक आर्थिक विकासमा यी व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण रहने भएकाले उनीहरुसँग मन्त्री साउदले गरेका द्विपक्षीय भेट एवं आवश्यक छलफलले नेपाललाई आगामी दिनमा लाभ नै हुने अनुमान सहजै गर्न सकिन्छ । 

    भ्रमणको दोस्रो दिन मन्त्री साउदले अमेरिकी इष्टिच्युट अफ पिसमा नेपालले वर्तमान अवस्थामा गरिरहेको प्रजातान्त्रिक अभ्यास, यस अभ्यासमा नागरिकको सहभागिता र नेपालको समावेशी शासन प्रणालीमा महिलाको पहुँचको मात्र चर्चा गरेनन् नेपाल अमेरिकाबीचको सम्बन्धको सिंहावलोकनसमेत गरेका थिए । उनले नेपालको परराष्ट्र नीतिको आधारस्तम्भको रुपमा रहेको पञ्चशील र तटस्थताको सिद्धान्तलाई पालना गर्दै दुई छिमेकीको द्रुतगतिमा भइरहेको विकासका विविध पक्षहरुका बारेमा पनि औँल्याएका थिए । 

    नेपालको कूटनीतिक क्षेत्रका जानकारहरु जहिले पनि नेपालको भूराजनीतिक अवस्थालाई ध्यान दिँदै सबै प्रकारका समस्याको समाधान तनाव र उत्तेजनामा नभई कूटनीतिक तरिकाबाट गर्नुपर्छ भन्ने गर्दछन् । हरेक प्रकारका समस्याहरुको समाधान छलफलबाट अर्थात् कूटनीतिक वार्ताको टेबलबाट नै गर्न सकिने बताउँदै उनीहरु बताउँदै आएका छन् । कुनै पनि वाद र नाममा नेपालको कूटनीतिको छातालाई कोल्टे पार्न हुन्न भन्ने कुरामा नेपाल सदैव चनाखो हुनैपर्छ । 

    राष्ट्रसङ्घको वडापत्रमा रहेर ऐतिहासिकरुपमा एक सार्वभौम, तटस्थ राष्ट्रकारुपमा उभिएको नेपालले आगामी दशकौँसम्म यी कुरालाई मध्यनजर राखेर विश्वमञ्चमा आफ्नो उपस्थिति जनाउनुपर्ने स्थिति छ । यो कुरालाई मनन् गर्दै मन्त्री साउदले भ्रमणका दौरानमा पनि नेपालले सदैव पञ्चशीलमा आधारित कूटनीतिमा विश्वास गर्दै आएको बताउँदै आएका थिए ।

    अमेरिका भ्रमणको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहारस्वरुप प्रदान गरिएको एमसिसी परियोजनाको मुख्यालयमा नै पुगेर मन्त्री साउदले भेटघाट गर्दै एमसिसी परियोजनाले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुका साथै यस परियोजनाका बारेमा नेपालको धारणा पनि स्पष्ट रुपमा राखेका थिए । 

    यसलाई तोकिएको समयमा नै सम्पन्न गरेर नेपालमा स्वास्थ्य क्षेत्रका लागि अर्को एमसिसी लैजानुपर्छ भन्ने मान्यता राख्ने स्वतन्त्र विश्लेषकको टिप्पणी रहेको छ । यसैले यस परियोजनालाई समयमा नै सम्पन्न गरेर नेपालको पूर्वाधार विकासको एउटा नयाँ चरणमा प्रवेश गर्ने कुरामा मन्त्री साउद सफल भएको देखिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार