Sep 17 2024 | २०८१, असोज १ गते

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

    बाँके । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

    images
    images

    उनीहरु तीनै जना जाजरकोटका हुन् । अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सातजनाको शल्यक्रिया गरिएका उनले बताए । श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ । 

    दुई गम्भीर बिरामीको आइसियु वार्डमा र एक जना गर्भवती महिलाको प्रसूती वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए । उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन् । 

    ‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो । बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन् । 

    यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ । अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ । 

    जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार