Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले भ्रमण स्थगित गरिएको जानकारी दिए । २२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो ।

    images
    images

    भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको चालिसेको भनाइ छ । गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो ।

    फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका स्वीकृति भएको थियो । तर, जाजरकोट भूकम्पपछि देशमा उत्पन्न असहज परिस्थितिकै कारण हाललाई भ्रमण स्थगित गरिएको बताइएको छ। भूकम्पका कारण जाजरकोट र रुकुममा १५३ जनाको मृत्यु भएको छ भने आसपासका जिल्लाका कैयन भौतिक संरचनामा क्षति पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार