Sep 17 2024 | २०८१, असोज १ गते

बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस 

बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस 

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
  • बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस 

    काठमाडौँ । बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    images
    images

    यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

    यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा ४४४ परकम्प मापन भइसकेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार