Sep 17 2024 | २०८१, असोज १ गते

एन आई सी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत ५१ लाख सहयोग हस्तान्तरण

एन आई सी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत ५१ लाख सहयोग हस्तान्तरण

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
  • एन आई सी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत ५१ लाख सहयोग हस्तान्तरण

    काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।

    images
    images

    उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूलाई २०८० कात्तिक २० गते हस्तान्तरण गरे ।

    २०८० कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

    यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार