Sep 20 2024 | २०८१, असोज ४ गते

सरकार गलत ढंगबाट अघि बढेको छ : एमाले

सरकार गलत ढंगबाट अघि बढेको छ : एमाले

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
  • सरकार गलत ढंगबाट अघि बढेको छ : एमाले

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखिएको बताएको छ । सिंहदरबारमा तत्कालीन शान्ति प्रक्रियामा हस्ताक्षर गरेका दलहरूको बैठकमा सरकारलाई विधिबाट अघि बढ्न एमालेले आग्रह गरेको छ । 

    images
    images

    “सरकार गलत ढंगबाट अघि बढेको छ । सरकारले डेलिभरी दिन नसक्दा निराशा छाएको छ । चाडबाडमा चिनी पाइँदैन । यो देशमा सरकार छ ?,” एमाले सचेतक महेश बर्तौलाले भने, “सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश आयो । सरकारलाई कानुन विधिबमोजिम हिँड्न हामीले भन्यौँ ।” उनले सामाजिक सञ्जालमा छाडापन मौलाएको, भड्काउने कामहरू भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । बर्तौलाले जनताले लडेर ल्याएको व्यवस्था कसैले खोस्न नसक्ने पनि बताए । 

    “नागरिकले लडेर ल्याएको व्यवस्था हो । दाइजो आएको व्यवस्था होइन । कसैले खोस्न सक्दैन । सरकारका कारण नागरिकमा बढेको वितृष्णा हटाउन जरुरी छ,” उनी भन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट