Sep 20 2024 | २०८१, असोज ४ गते

फेरि सर्‍यो नेपाली कांग्रेसको महासमिति बैठक

फेरि सर्‍यो नेपाली कांग्रेसको महासमिति बैठक

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २१ २०८०
  • फेरि सर्‍यो नेपाली कांग्रेसको महासमिति बैठक

    काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।

    images
    images

    बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।

    'पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौं । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो ।

    अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं’, उनले भने । नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट