Nov 25 2024 | २०८१, मंसिर १० गते

images

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो चार करोड १३ लाखभन्दा बढी रकम 

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो चार करोड १३ लाखभन्दा बढी रकम 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
  • प्रधानमन्त्री राहत कोषमा जम्मा भयो चार करोड १३ लाखभन्दा बढी रकम 

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ जम्मा गरेको छ ।

    images
    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्पपीडितलाई सहयोग जुटाएको छ । मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ जम्मा गरेको छ । मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम मन्त्री सुदन किराँतीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा पुगेर हस्तान्तरण गरेका छन् ।

    मन्त्रालयअन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरणले एक करोड, नेपाल वायुसेवा निगमले २५ लाख, पर्यटन बोर्डले ५० लाख, पशुपति क्षेत्र विकास कोषले २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण संघले ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेस्टी हेलिकोप्टरले ११ लाख ११ हजार एक सय ११, कैलाश हलिकोप्टरले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

    यस्तै, क्यासिनो मोजाङले पाँच लाख, क्यासिनो मोजाङ नेपालगन्जले पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौंले पाँच लाख, क्यासिनो वेलिज काठमाडौंले पाँच लाख, क्यासिनो प्राइड काठमाडौंले पाँच लाख, क्यासिनो प्यालेस काठमाडौंले पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार