Sep 17 2024 | २०८१, असोज १ गते

गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग

गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
  • गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग

    काठमाडौँ । गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए।

    images
    images

    डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै  आएको, विशेष गरि कोरोना महामारी र २०७२ को महाभूकम्प पछि  कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

    यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार